1. पहिलो असंलग्न शिखर सम्मेलन- १९६१ AD,तेस्रो सार्क शिखर सम्मेलन- १९८७ AD, अतिकम विकसित राष्ट्रहरुको पहिलो संयुक्त सम्मेलन- १९८१ AD, नेपाल र जापान बीच कुटनीतिक सम्बन्धको स्थापना- १९५६ AD ।
2. नेपालले असंलग्न परराष्ट्र नीति अपनाएको छ, नेपाल कुनै पनि गुटमा सामेल छैन- दुवै ठिक तथा (R), (A) को सहि स्पष्टिकरण हो ।
3. सार्कको स्थापना १९८५ AD मा भएको ।
4. नेपालले वैदेशिक व्यापारको प्रवर्द्धन गर्ने नीति अपनाएको छ, नेपालले आर्थिक कुटनीतिमा जोड दिन्छ । – दुवै ठिक तथा (R),( A) को सहि स्पष्टिकरण हो ।
5. अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय सम्मानको अभिवृद्धि- धारा ५१, धर्म निरपेक्ष राज्य- धारा ४, मन्त्रिपरिषदको गठन- धारा ७६, निर्बाचन आयोगको काम कर्तब्य र अधिकार- धारा २४६
6. नेपालको बैदेशिक नीतिमा लिईएको नयाँ सशक्त जोड- आर्थिक कुटनीति
7. नेपालको वर्तमान संविधानको भाग २३ मा लोकसेवा आयोगको व्यवस्था गरिएको छ ।
8. सार्वजनिक प्रशासनको अर्थ हो सरकारको कार्य सम्पादन गर्नु चाहे त्यस्तो कार्य स्वास्थ्य प्रयोगशालामा एक्स-रे मेशिनको संचालन होस अथवा टकशालामा सिक्का बनाउने कार्य । प्रशासनको तात्पर्य हो जनताका कार्यहरुमा सामञ्जस्य ल्याउनु जसबाट कुनै पूर्वनिश्चित लक्ष्यका प्रयासहरु जुटाउन सकियोस ।”- पिफ्नरको परिभाषा हो यो ।
9. POSDCORB शव्दावलीको प्रयोगकर्ता- लुथर गुलिक
10. कर्मचारी व्यवस्थापनको कार्य देहायमध्ये कार्यकारीहरुको नियुक्ति(Appointment of Personnel) हो ।
11. उपलब्धि बजेटको प्रथम प्रयोग संयुक्त राज्यका नगर प्रशासनमा गरिएको थियो ।
12. साधारण प्रयोगमा सार्वजनिक प्रशासनको अर्थ राष्ट्रिय राज्य तथा स्थानीय सरकारहरुका कार्यकारी शाखाहरुका क्रियाहरु हुन ।- यो कथन हवर्ट ए साईमनको हो ।
13. संगठनमा लाईन र स्टाफ कार्यसित संलग्न व्यवस्थापकहरुलाई आकर्षित गर्ने संगै राख्ने र उत्प्रेरित गराउने प्रक्रिया नै कर्मचारी व्यवस्थापन हो- डन र स्टेपहेन्स, कर्मचारीतन्त्र मन्त्रीय उत्तरदायितन्वको आडमा लाभान्वित हुन्छन्।– राम्जे म्योर, सार्वजनिक प्रशासनमा कर्मचारी वर्ग नै सर्वोच्च तत्व मानिन्छ ।- फाईनर, असल सार्वजनिक प्रशासन धेरै तत्वहरुको संयोजनबाट बन्दछ जुन नेतृत्व संगठन वित्त आदर्शहरु विधिहरु र प्रक्रियाहरु हुन तर तिनिहरुभन्दा बढी मानवशक्ति हो ।- एल.डि. ह्वाईट
14. योग्यता प्रणाली भर्नासंग सम्बन्धित छ, बरिष्ठता पदोन्नतीसंग सम्बन्धित छ, निजामति सेवा निष्पक्षता संग सम्बन्धित छ भने पेन्सन अवकास संग सम्बन्धित छ ।
15. सरदार नगेन्द्रमान सिंह प्रधान नेपालको लोकसेवा आयोगको प्रथम सभापति थिए भने राजा ज्ञानेन्द्रले निर्वाचित सरकारलाई अपदस्त गरेर देशमा प्रत्यक्ष शासन चलाएका नै हुन् । नेपालमा प्रथम पटक बजेट २०१५ बैशाख २ मा नभई २००८ माघ २१ मा प्रस्तुत गरिएको थियो । नेपाल सरकारको सट्टा श्री ५ को सरकार २०१५ बैशाख २ मा लेख्न थालिएको हो २००८ माघ २१ मा होईन ।
16. फ्रेडरिक टेलर वैज्ञानिक व्यवस्थापनको सिद्दान्तसंग सम्बन्धित छन । यससंग नियोजन र कर्मचारी दुवैको अधिकतम उन्नति मिल्दो छ । उनलाई वैज्ञानिक व्यवस्थापनका पिता पनि भनिन्छ ।
17. मैक्स वेवर कर्मचारीतन्त्रको सुव्यवस्थित अध्ययनसंग सम्बन्धित छन । यससंग सत्ताको वर्गीकरण मिल्दो छ । उनले कर्मचारीतन्त्र र पूँजीबाद बीच घनिष्ट सम्वन्ध हुने कुरा दर्शाएका छन ।
18. २०४८ सालमा गठित प्रशासन सुधार आयोगको अध्यक्ष तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला रहेका थिए ।
19. असल शासनका मुख्य तीन खम्वाहरु पारदर्शिता जवाफदेहिता र कानूनको शासन हुन् ।
20. प्रशासकीय पुनर्गठन कमिटी २००९ मा गठन भएको थियो भने प्रशासनिक पुनर्गठन योजना २०१३ सालमा गठन भएको थियो । त्यस्तै झा आयोग २०२५ सालको आयोगलाई भनिन्छ भने २०३२ को आयोगलाई थापा आयोग पनि भनिन्छ ।
21. नेपालले २०१३ सालमा योजनाबद्ध विकासको थालनी गरेको ।
22. नेपालको बर्तमान संविधानमा अख्तियार धारा २१ मा रहेको छ ।
23. राज्यबाट फरक गैरसरकारी संस्था नै नागरिक समाज हो ।
24. समाबेशी लोकतन्त्रमा राजनैतिक क्षेत्र, आर्थिक क्षेत्र, र वातावरणिय क्षेत्र पर्दछ शैक्षिक पर्दैन ।(Source: Page 47, Krishna pokhrel)
25. नेपालमा मंसिर ४ २०७० मा दोस्रो पटक संविधानसभाको चुनाव भएको ।
26. नेपालको अन्तरिम संविधान २०६३ को तेस्रो संशोधनबाट नेपाल गणतन्त्र घोषणा भएको हो । नेपालमा २०३७ बैशाख २० मा प्रथम र अहिलेसम्मको एक मात्र जनमत संग्रह भएको थियो । नेपालको संविधान २०७२ हालसम्मको लामो संविधान हो न कि २०१९ को संविधान । नेपालमा पञ्चायती व्यवस्थाको सूत्रपात २०१९ को संविधानले गरेको थियो, २०१५ को संविधानले होईन।
27. वैदेशिक नीतिको मुख्य उद्देश्य राष्ट्रिय हित प्रवर्द्धन नै हो ।
28. International Law का पिता ह्युगो ग्रोसियस हुन। उनले De jure belli ac pacis नामक पुस्तक लेखेका थिए । राज्यहरुबीचको सम्बन्ध जससंग सम्बन्धित छ ।
29. नेपालमा सार्वजनिक प्रशासन मंगलकृष्ण श्रेष्ठसंग सम्बन्धित छ । जुन चाहिँ History of Nepalese Public Administration सँग मिल्दो रहेको छ।
30. नेपाली राजनीति ऋषिकेश शाहसँग सम्बन्धित छ । जुन चाहिँ Political development of Nepal सँग मिल्दो रहेको छ।
31. नेपालको परराष्ट्र नीतिसंग लियो ई रोज समबन्धित छन् । नेपालको जीवित रहने कौशल र नेपालको अस्तित्व नेपालको परराष्ट्र नीति र लियो ई रोजसँग सामिप्यता राख्ने विषयवस्तुहरु हुन् ।
32. अख्तियार दुरुपयोग –अवैधता- भ्रष्टाचार, सुशासन- प्रभावशाली सार्वजनिक व्यवस्थापन-न्याय, स्वास्नी मानिस-सशक्तिकरण- लिङ्ग समानता, अधिकार- न्यायपूर्ण दावा- सामाजिक शर्त ।
33. दिईएका मध्ये आर्थिक कूटनीति राज्यको तत्व होईन ।
34. सरकारको प्रमुख कार्य अन्य राज्यको हितको सुरक्षा होईन ।
35. राजनीति शास्त्रको आरम्भ र अन्त्य राज्यसंगै हुन्छ भन्ने कथन गार्नरको हो।
36. अध्यक्षात्मक व्यवस्थाको विशेषता Supremacy of Constitution हो ।
37. अमेरिकी संविधानमा शक्ति पृथकीकरणको सिद्धान्तलाई मूर्तरुप दिने कार्य भएको ।
38. सुशासन-पारदर्शिता, बैधता- सत्तामा आधारित शक्ति, मानव अधिकार- उत्पीडन विनाको जीवन, दण्डहिनता- अपराधबाट मुक्ति ।
39. Power Backed by authority is better. (Option D) नै दिईएका मध्ये सहि कथन हो ।
40. बास्तविक राष्ट्राध्यक्ष संसदिय व्यवस्थाको विशेषता होईन ।
41. मन्त्रीमण्डलीय पद्धतीमा कार्यकारी प्रमुख प्रधानमन्त्री हुन्छन् ।
42. दिईएका मध्ये लोकतन्त्रमा आवधिक र प्रतिष्पर्धात्मक चुनाव हुन्छन र लोकतन्त्रको सफलताका लागि दल आवश्यक छन् सहि कथन हुन । (Option C)
43. अध्यक्षात्मक व्यवस्थाको गुण Unity of Control हो ।
44. दिईएका मध्ये नीति निर्माण असल शासनको विशेषता होईन ।
45. व्यवस्थापिका र कार्यपालिका बीच शक्ति विभाजन संसदीय व्यवस्थामा हुदैँन ।
46. मन्त्रिमण्डलको तानाशाहिको खतरा सदैव रहिरहन्छ अध्याक्षात्मक व्यवस्थामा ।
47. संसदीय व्यवस्था- केन्द्रीय र प्रान्तीय सरकारबीच शक्ति बाडफाँड, अध्याक्षात्मक व्यवस्था- सरकारका अंगहरुबीच शक्ति पृथकीकरण, सहभागी लोकतन्त्र- राजनीतिमा उपेक्षित समूहको सहभागिता, समावेशी लोकतन्त्र – प्रत्यक्ष लोकतन्त्रसँगको सामिप्यता ।
48. सहभागी राजनीतिक संस्कृतिमा जनता राजनीतिमा चेतनशील हुन्छन् ।
49. सहभागी राजनीतिक संस्कृतिमा धेरै व्यक्तिहरुको राजनीतिक सहभागिता रहन्छ।
50. राजनीतिक दलको प्रमुख काम नीति निर्माण होईन । (राजनीतिक कार्यपालिकाको कार्य हो नीति निर्माण)
51. माग समर्थन र विरोध आगत कार्य हुन जसबाट Political system का लागि input प्राप्त हुन्छ । बल प्रयोग आगत होईन बरु बिशेषता हो राजनीतिक प्रणालीको ।
52. राजनीतिक दल र दबाब समूहको मुख्य भिन्नता– राजनीतिक दलले चुनावमा उम्मेदवार उठाउँछ तर दवाव समूहले उठाउँदैन ।
53. प्राचीन पूर्वीय राजनीतिमा धर्मको महत्ववारे लेख्ने— कामन्दक
54. मनु- राजधर्म, कौटिल्य-सप्ताङ्ग प्रणाली, महात्मा गान्धी- नागरिक अवहेलना
55. महात्मा गान्धी बुद्धबाट बढी प्रभावित थिए।
56. अर्थशास्त्र- कौटिल्य, मनुस्मृति- मनु, आत्मकथा- महात्मा गान्धी
57. प्लेटोको रिपब्लिकमा शिक्षालाई बढी महत्व दिईएको छ ।
58. प्राकृतिक अवस्था- हब्स- लेभियाथान- राज्यविहिनता
59. सार्वभौमसत्ता- बोँदा- डि रिपब्लिका- राजाको असिमित अधिकार
60. राजतन्त्र- कौटिल्य- अर्थशास्त्र- राजाको कर्तब्य
61. राजनीतिक विशिष्ट वर्ग- मोस्का- द रुलिङ क्लास- शासक र शासित
62. Two treaties of civil government – Locke, Social Contract- Rousseau, Leviathan- Hobbes
63. दिईएका मध्ये एरिष्टोटललाई राजनीतिशास्त्रका पिता मानिन्छ र मेकियावेली प्रथम आधुनिक राजनीतिक विचारक थिए सहि कथन हुन।
64. मन्त्रिमण्डल राजनीतिक संरचनाको शिर्षस्थ पत्थर हो ।- लबेल, मन्त्रिमण्डल त्यस कडि हो जो जोड्दछ एक बकल हो जो कार्यपालिका र ब्यबस्थापिका विच गठबन्धन गर्दछ- बेगहर्ट, प्रधानमन्त्रीको पद त्यस्तै बन्दछ जस्तो त्यस पदको अधिकारीले त्यसलाई बनाउन चाहन्छ । – लार्ड एसक्विथ ।
65. निरंकुश राजतन्त्र हब्सद्वारा प्रतिपादित विचार हो ।
66. संयुक्त अधिराज्य- अलिखित संविधान- परम्परा- कमन ल
67. संयुक्त राज्य- छोटो संविधान- सर्वोच्च अदालत- न्यायिक पुनरावलोकन
68. फ्रान्स- Fifth republic- संवैधानिक परिषद- प्रशासकिय अदालत
69. चीन- People’s Republic of China- साम्यबादी दल- राज्य परिषद
70. बेलायती संसदले पुरुषलाई स्त्री र स्त्रीलाई पुरुषबाहेक अरु सबै काम गर्न सक्छ ।- डि लोलमी
71. अध्यक्षात्मक शासन व्यवस्था त्यस शासन व्यवस्था हो जसमा कार्यपालिक आफ्नो कार्यविधिको सम्बन्धमा व्यवस्थापिकाबाट स्वतन्त्र हुन्छ र आफ्नो राजनीतिक नीतिको लागि त्यसप्रति उत्तरदायी हुँदैन यो कथन गार्नरको हो ।
72. पंचम गणतन्त्र- १९५८, भारतको संबिधान- १९५० र जनबादी गणतन्त्र चीनको स्थापना- १९४९
73. दिईएका कथनमध्ये चीनमा त्यहाँको साम्यबादी दलले सरकारमाथि नियन्त्रण गर्दछ र संयुक्त राज्यमा सर्वोच्च अदालतले व्यवस्थापिकाको कुनै पनि कार्यलाई असंवैधानिक घोषणा गर्न सक्छ । सही कथन हुन ।(Option D)
74. डेभिड ईस्टन- व्यवहारबादी उपागम- समसामयिक राजनीतिक विश्लेशण- अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ आन्दोलन
75. UNO- अन्तर्राष्ट्रिय झगडाको छिनफान- सामूहिक सुरक्षा- हस्तक्षेप
76. स्नाईडर, ब्रुक र सैपिन- Decision making approach- Decision making as an approach to the study of international relations-नीति निर्माताको भूमिका
77. राज्य- मान्यता- अन्तर्राष्ट्रिय समुदायको सदस्यता- स्टिम्सन सिद्धान्त
78. फ्रान्सका राष्ट्रपतिको शासन अवधि ५ वर्षको हुन्छ ।(सन २००२ बाट)
79. चीनको ब्यबस्थापिकालाई राष्ट्रिय जनकांग्रेस भनिन्छ ।
80. संयुक्त अधिराज्यको लिखित संविधान छैन । संयुक्त अधिराज्यको संविधान परम्परामा आधारित छ । – भनाई(A) र कारण (R) दुबै सहि छन् तथा (R) (A) को सहि व्याख्या हो ।
81. नेपाल सरकारले २०११ AD मा कुटनीतिक आचरसंहिता जारी गरेको थियो ।
82. बेलायती राजनीतिक व्यवस्था- प्रधानमन्त्री राजा वा राष्ट्रपतिभन्दा शक्तिशाली छन्।, अमेरिकी राजनीतिक व्यवस्था- राष्ट्रपति वास्तविक कार्यकारी हुन । फ्रान्सेली राजनीतिक व्यवस्था- राष्ट्रपति प्रधानमन्त्रीभन्दा शक्तिशाली छन । चीनको राजनीतिक व्यवस्था- राजनीतिक दल सवभन्दा शक्तिशाली साधन हो ।
83. अन्तर्राष्ट्रिय राजनीति अन्य सबै प्रकारका राजनीति झैँ शक्तिका लागि गरिने संघर्ष हो । – हान्स जे मर्गेन्थाउ ।
84. दिईएका मध्ये सन्धि सम्झौता सबैभन्दा बढी महत्वपूर्ण अन्तर्राष्टिय कानूनको स्रोत हो ।
85. दिईएका मध्ये परम्परा शक्तिको एक तत्व होईन ।
86. राष्ट्रहरुको कानून अथवा अन्तर्राष्ट्रिय कानून भनेको ती नियमहरु तथा व्यवहारका सिद्दान्तहरुको समूह हो जुन सभ्य राष्ट्रका पारस्परिक सम्बन्धहरुमाथि बन्धनकारी हुन्छन् ।- ब्रायर्ली
87. कुनै नयाँ राज्यलाई अन्तर्राष्ट्रिय समुदायको सदस्यको रुपमा मान्यता प्रदान गर्नमा मान्यता प्रदान गर्ने राज्य यो घोषणा गर्दछ कि उसको मतमा नयाँ राज्यले अन्तर्राष्ट्रिय विधिमा निर्दिष्ट राष्ट्रत्वको तत्व प्राप्त गर्दछ । – ओपनहाईम
88. निर्माणात्मक मत- मान्यता, काल्वोको सिद्धान्त – राज्य उत्तरदायित्व, निरन्तरताको सिद्धान्त – राज्य उत्तराधिकार, हस्तक्षेप- आत्मरक्षा
89. अन्तर्राष्ट्रिय झगडा समाधान गर्ने अवपिडक ढंग- नाकाबन्दी, अन्तर्राष्ट्रिय झगडा समाधान गर्ने शान्तिपूर्ण ढंग- वार्ता, अन्तर्राष्ट्रिय कानूनको स्रोत- प्रथा, शरणार्थी- राज्यहिनता ।
90. दिईएका कथनमध्ये हान्स जे मर्गेन्थाउले पोलिटिक्स अमोङ नेशन नामक पुस्तक लेखेका हुन र क्वीन्सी राईटले अ स्टडि आफ ईन्टरनेशनल रिलेशन्स लेखेका हुन (Option C) कथन सहि हुन ।
91. दिईएकामध्ये आत्मरक्षा हस्तक्षेपको एक प्रमुख कारण हो ।
92. भगौडा अपराधीहरुलाई दण्ड दिन प्रत्यर्पण आवश्यक छ ।
93. नेपाल सरकार वैधानिक कानून २००४- प्रधानमन्त्री पद्म शम्सेर- ६८ धारा- अनुसूची १
94. नेपाल अन्तरिम शासन विधान २००७- राजा त्रिभुवन- ७३ धारा- अनुसुची ३
95. नेपाल अधिराज्यको संविधान २०४७- राजा विरेन्द्र- १३३ धारा- अनुसुची ३
96. नेपालको संविधान २०१९-राजा महेन्द्र- ९७ धारा – अनुसूची ५
97. नबौँ असंलग्न शिखर सम्मेलन बेलग्रेडमा भएको थियो ।
98. UNO को अस्थाई सदस्यको रुपमा पहिलो पटक नेपाल सन् १९६९ मा निर्वाचित भएको थियो ।
No comments:
Post a Comment